लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभामा पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ ।

सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

गिरीले पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएसँगै लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ । लुम्बिनी प्रदेशमा ८७ सांसद् छन् ।

गत पुस २७ मा ५८ सांसद्को समर्थनमा गिरी मुख्य मन्त्री बनेका थिए ।

यसअघि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमतको हस्ताक्षरसहित प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष मुख्य मन्त्रीमा दावी पेश गरेका थिए ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका २७,नेकपा एमालेका २९,नेकपा माओवादी केन्द्रका १०,नागरिक उन्मुक्ति,राप्रपाका ४/४,जसपा,जनमत पार्टी र लोसपाका ३/३/३,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ र स्वतन्त्रतर्फका २ सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर