बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहाले उछिनेका छन् ।
करैयामाई नगरपालिका वडा १ र २ को २ हजार ७४ मत गणना गर्दा यादवलाई कुशवाहाले १०८ मतले अग्रता लिएका हुन् ।

कुशवाहाले ८९५ मत प्राप्त गरेका छन् भने यादवले ७८७ मत प्राप्त गरेका छन् ।
एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत प्राप्त गरेका छन् । रास्वपाका रमेश खरेलले भने २३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा-२ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । ६८ हजार ८ सय ८६ मत खसेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय