काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।

वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ३८८ रहेको छ ।

नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा भने नतिजा सार्वजनिक गरिसकेको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय