
दमक, ११ र्बैशाख–दमक उद्योग वाणिज्य संघले नयाँ वर्ष (२०८० को शु्भकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिकसहित नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठलाई सम्मान गरेको छ ।
सोमबार दमक उद्योग वाणिज्य संघको सभाहलमा तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच क्यालेण्डर बिमोचनसहित नेपाल उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित आफना निवर्तमान अध्यक्ष श्रेष्ठलाई बधाई शुभकामना तथा सम्मान गरेको हो ।
शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले दमकको विकास निर्माणका योजनाहरु क्रमिक रुपमा अघि बढिरहेको समेत बताए । उनले दमकका सडकभित्रका बिजुलीका पोल र बाक्लो गरी जडान गरिएका तारहरु एक महिनाभित्रमा हटाई सक्ने, सहरभित्र अस्तव्यस्त रहेका सवारी साधनहरुलाई व्यवस्थित गरिने, नगरभित्रका बाटाहरु जेष्ठ मसान्तभित्र कालोपत्रे गरिसक्ने योजना रहेको बताए । उनले सबै व्यवसायीहरुलाई करको दायरामा आउन र नगरमा दर्ता नभएका व्यवसायीहरुलाई दर्ताको दायराभित्र आउन समेत आग्रह गरेका छन् ।
सोही कार्यक्रममा आफ्नो प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठले महासंघ ठुला घरानाको मात्रै नभएर साना व्यवसायीहरुको पनि साझा संस्था हो भन्ने अपनत्व हुनेगरी काम गरेर आफ्नो कार्यकाल सफल बनाउने बताएका छन् ।
यसैगरी आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख लवकुमार अधिकारीले सबै व्यवसायीहरुलाई समयमा कर तिर्न आग्रह गरे । सोही कार्यक्रममा व्यवसायी विक्रमकुमार शाह, पूर्वलेखा समिति संयोजक खोमप्रसाद बगाले, इलाका प्रहरी कार्यालयका प्रमुख मनोजकुमार लामा, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय बराललगायतले दमकेली व्यवसायीहरुका समस्या महासंघसम्म पुर्याउन नवनिर्वाचित केन्द्रीय सदस्यको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
दमक उद्योग वाणिव्य संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजकुमार योङ्याले सञ्चालन गरेका थिए । सो अवसरमा क्यालेन्डरको प्रकाशन समितिका संयोजक टिकाराम खतिवडाले क्यालेण्डरको महत्व माथि स्पष्ट पारेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, दितिय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, महिला उपाध्यक्ष सुष्मा निरौला, लेखा संयोजक नेत्र चौलागाई, वस्तुगत व्यवसायिक प्रतिनिधिहरु राम रिमाल, विक्रम शाह, राजिव पूर्वे, रामचन्द्र बराल, पूर्वकार्यसमिति सदस्य भेषराज धमला, रेडक्रस प्रतिनिधि मैना दाहाल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम , दमक जेसीजका अध्यक्ष मुकेश अग्रवाल, असहाय सेवा समितिका संयोजक सञ्जय बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।