इन्टरनेटको दुनियाँमा विश्वका विभिन्न विकसित तथा शक्तिशाली मुलुकहरुमा फाइभ जी इन्टरनेट व्यवसायिक रुपमा सुरु भैसकेको छ ।

यसपछि विश्वका सम्पन्नशाली देशहरुको ध्यान चाहिँ त्यसभन्दा नयाँ पुस्ताको वायरलेस नेटवर्क अर्थात् सिक्स जी नेटवर्कमा केन्द्रित भएको छ ।

यद्यपि फाइभ जी इन्टरनेट पनि निकै तीव्र गतिको इन्टरनेट हो र यसको स्पीड फोर जी को तुलनामा २० प्रतिशत धेरै हुन्छ ।
तर सिक्स जी इन्टरनेटले यी सबै पुराना रेकर्ड भंग गर्नेछ, स्पीडको मामिलामा सिक्स सी वायरलेस इन्टरनेटबाट स्पीड, लेटेन्सी, स्पेक्ट्रम, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्योरिटी तथा ऊर्जा दक्षता जस्ता क्षेत्रहरु अझै अत्याधुनिक हुने विश्वास गरिएको छ ।

यद्यपि तेस्रो विश्वका अधिकांस मुलुकहरु अहिलेपनि फाइभ जी नेटवर्कका लागि संघर्ष गरिरहनुपरेको छ । यस्तो अवस्थामा चीनले चाहीँ सिक्स जी इन्टरनेटको सुरुवात गर्नमा काम गरिरहेको बताइएको छ ।
पछिल्लो रिपोर्ट अनुसार चीनले अल्ट्राफास्ट वायरलेस इन्टरनेटको रुपमा रहेको सिक्स जी को परीक्षण पनि गरिरहेको छ । सिक्स जी इन्टरनेटको डाउनलोड स्पीड १०० जिबिपिएस हुने बताइएको छ । अर्थात् यो फाइभ जी को तुलनामा कैयन् गुणा तेज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय