नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार असफल भए माओवादी सकिने बताएका छन्।

प्रचण्ड नेतृत्वको सरकारको कार्यसम्पादन जुन उचाईबाट हुनुपर्ने हो त्यो नभएको उनको टिप्पणी छ।

‘आदरणिय पार्टी अध्यक्ष-प्रधानमन्त्रिको ध्यानकर्षण होस् ! सरकार असफल हँदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन।’ फेसबुकमार्फत उनले भनेका छन्,‘यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ।’

ढ्याउँ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्न नसक्ने उनको बुझाई छ।

अब बोल्न सुरू गर्नुपर्ने बताउँदै वाईसीएलका पूर्व अध्यक्ष सापकोटाले नबोल्दा र आफ्नै हुन् भनि सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भएको टिप्पणी गरे।

‘अब बोल्न सुरू गर्नुपर्छ। नबोल्दा र आफ्नै हुन् भनि सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भयो।

बढी भए अर्थ न बर्थको जिम्मेवारीबाट मुक्त होइन्छ। अरू कै नै जान्छ र ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah