काठमाण्डाै - चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको प्राप्त मत ५० हजार कटेको छ।

लामिछानेको जित निश्चित छ । यसअघि नै लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिनुभएको छ। साथै, उहाँले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिनुभएको छ । पछिल्लो गणना विवरणअनुसार लामिछानेले ५० हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जितनारायणले ९ हजार ८ सय ५६ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ९ हजार ४ सय ८७ मत ल्याउनुभएको छ। लामिछाने र जितनारायणको मतान्तर ४० हजार ७ सय १८ छ । चितवन–२ मा कुल मतदाता १ लाख २४ हजार ६ सय ९५ रहेकोमा ७८ हजार २ सय ७७ मत खसेको छ।

नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यहाँ उपचुनाव भएको हो।