नेकपा एमाले चितवनले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जानु नै पार्टीको लागि घाटा भएको बताएको छ ।

नेकपा एमालेले चितवनमा सोमबार बिहान पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

पत्रकार सम्मेलनमा मेयरमा पराजित उमेदवार देवी ज्ञवालीले निर्वाचन आयोगको निर्णय हुनासाथ निर्वाचन भएको भए पनि अहिलेको परिणाम नआउने बताए ।
उनले त्यस्तो अवस्थामा नेकपा एमाले नै विजयी हुने दाबी समेत गरे ।

“निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा जाँदा हामीलाई केही घाटा लागेको हो । त्यो नभएको भए भिन्न परिणाम आउँथ्यो । सर्वोच्चमा जाँदा हार बेहोर्नुपर्यो ।”
उनले राज्यसत्ताको चरम दुरुपयोग गरेर आफूलाई पराजित गराइएको समेत दाबी गरे ।

“राज्यसत्ताको चरम दुरुपयोग भयो,” उनले भने, “विकासका नाममा करोडौं रकमान्तर गरियो । प्रहरीकै स्कर्टिङमा पैसा बाँड्ने काम गरियो । मौन अवधीमा पनि घर घर पुगेर रकम बाँडियो । मैले पद हारे पनि राजनीति हारेको छैन । चितवन र भरतपुरको विकासमा म सधैँ लाग्छु ।”

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रको निर्देशन, कांग्रेसका केही जिल्लास्तरिय नेताको सहमति र राज्यसत्ताको सहयोगमा जेठ १४ गते मतपत्र च्यातिएको आरोप लगाइएको थियो ।

यसको सहयोगमा माओवादीका दुई कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेको जानकारी गराइएको थियो ।

एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले पत्रकार सम्मेलनमा जेठ १४ गते राति मतपत्र नच्यातिएको भए २६० मतले एमालेले जित्ने पनि दाबी गरे ।

सरकार, निर्वाचन आयोग र सर्वोच्चको योजनामा पुनः निर्वाचन गर्ने नाटक गरेर रेणु दाहाललाई जिताइएको एमालेको दाबी छ ।

“सत्ताको आडमा करोडौं बाँडिएको छ,” एमालेले भनेको छ, “नक्कली सवारी पास बनाएर कार्यकर्ता ओसारिएको छ । त्यसैले मतपरिणाम स्वभाविक मान्न सकिन्न । परिणाम जस्तो भए पनि जिम्मेवार भएर अघि बढ्नेछौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah