बिष्णुप्रसाद पाखरेल
दमक/झापाको दमकको शब्जि बजारमा ५ दिनदेखि लाइन अवरुद्ध भएपछि त्यहाँका ब्वसायिहरु आक्रोशित भएकाछन् । आफूहरु नियमित रुपमा बिजूलीको रकम बुझाउदा बुझाउदै पनि लाइन काटिएको भन्दै ब्यवसायि आक्रोशित भएकाहुन् ।
सोमबार बिहान त्यहाँ पुगेका दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा र प्रथम उपाध्यक्ष गोपाल गुरागाइलाइ ब्यापारीहरुले आक्रोश पोख्दै समस्या सामधान नभए शब्जि बजार बन्द गर्ने बताएका थिए ।
https://www.youtube.com/watch?v=pVVIivbaXk0&feature=youtu.be
उनिहरुले तत्काल समस्या सामधानका लागि पहल गरिदिन आग्रह गर्दै बाणिज्य संघका पदाधिकारीहरुलाइ घेराउ पनि गरे । आफ्नो समस्या सुनिदिन आग्रह गर्दै घेराउ गरेका थिए ।
बिद्यूत प्राधिकरणमा २ लाख ९२ हजार तिर्न बाँकी रहेको र शब्जि बजारमा बिद्यूत दमक नगरपालिकाका बिद्यूत कर्मचारीले लापरवाही गरि बिद्यूत चुहावट गरेको पाइएपछि प्राधिरकणले लाइन बन्द गरेको पाईएको हो ।

बाणिज्य सघले तत्काल शब्जि बजार बन्द नगर्न आग्रह गर्दै भोली मंगलवारसम्ममा समस्या सामधान गर्ने बताएको छ । बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले नगरपालिका र बिद्यूत उठाउने जिम्मा लिएको पुर्वेली सेक्यरीटि कम्पनीको लापरवाहीले यस्तो भएको बताए ।
यस बिषयमा सरोकारवालाहरुसंग बारम्बार कुरा भएको बताउदै २४ घण्टाभित्र समस्या सामधान हुनेमा आशाबादी रहेको जनाए । ब्यापारीहरुले बिद्यूत महसुल बुझाउदा पनि यसरी काटिनु दूर्भाग्य भएको उनको भनाइ छ ।
https://www.youtube.com/watch?v=pVVIivbaXk0&feature=youtu.be



