हिजो १७ अंकमाथिले बढेर १९ सय अंकमा उक्लिएको नेप्से सूचकमा आज पुनः १३ अंकले घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १३.६८ अंकले घट्दै १८ सय ९२ अंकको विन्दुमा झरेको हो ।

 

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.११ अंकले घटेर ३६१.५५ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ

आज १३ वटा नै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । इन्भेष्टमेन्ट समूहको उपसूचक १.३३ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.३२ अंकले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०२ प्रतिशतले घटेका छन् भने अन्य उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् ।

आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ३.२५ प्रतिशतले कमाएका छन् भने सुनराइज ब्लूचिफ फण्डका सेयरधनीले अधिकतम ९.१२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर