पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी ल्याएको २१ हजार किलोग्राम चिनीसहित ना ६ ख २९०३ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कारोबारमा संलग्न भएको आशंकामा सिराहा धनगढीमाई–१० बस्ने ट्रक चालक वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

१५ लाख ८५ हजार मूल्य बराबर उक्त चिनी आवश्यक कारवाहीका लागि राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।