सरकारको ढुकुटीबाट खर्च गर्नका लागि अहिले ४ खर्ब रुपैयाँ नपुग्ने देखिएको कांग्रेस नेता मिनेन्द्र रिजालले बताएका छन् ।

कांग्रेस नेता रिजालले यो आर्थिक वर्ष २ खर्ब २० अर्बभन्दा बढी पुँजीगत खर्च गर्न सक्ने स्थिति नभएको बताए ।

‘२ खर्ब ३० अर्ब त हामीले सुरुमै पुँजीगत खर्च गर्न पुग्दैन भनेका थियौं, यसले नपुगेर डेढ खर्बदेखि दुई खर्बसम्म थप आन्तरिक ऋण उठाउनुपर्ने अवस्था आउन सक्ला भनेका थियौं,’ उनले भने ।

हाल हुने गरेको १५-१६ खर्ब रुपैयाँको आयातमध्ये ४० प्रतिशत कृषि तथा कृषिजन्य वस्तु रहेको उनको भनाइ छ । ‘पहिला पूर्वाधारको व्यवस्था हामीसँग बलियो रुपमा थिएन, अहिले पूर्वाधार निर्माण गर्ने क्रममा गएका छौं,’ रिजालले भने ।

पूर्वाधार विकास गर्ने क्रममा अर्थतन्त्र, राजस्वको आकारमा कृषिको विस्तारको संभावना हेर्दा लाज मान्नुपर्ने अवस्था नरहेको उनले दाबी गरे ।

‘हाम्रो अर्थतन्त्रले जुन संरचना बोकेको छ त्यही संरचनालाई हेरेर मात्र बस्ने कि, त्यो भन्दा अघि जाने ? नियत परिवर्तन आवश्यक छ, ‘ उनले भने । उनले वैदेशिक सहायतालाई प्रयोग गरेर धनी हुने मान्छे भुइँफुट्टा वर्ग बनेको आरोप समेत लगाए ।

‘कुनै भुइँफुट्टा वर्ग बन्दै छ भने उसलाई नेपालको उन्नतिसँग मतलव छैन,’ उनले भने, ‘खाली सम्पत्तिलाई एउटा ठाउँबाट अर्को ठाउँमा बदल्ने, व्यक्तिको नामबाट सरकारको नाममा वा सरकारको नामबाट व्यक्तिको नाममा बदलेवा‍पत कमाइ हुन्छ ।’ त्यस्तो कमाइ बोकेर हिँड्ने काम गरुन्जेल नेतृत्वले जति ठूलो निर्देशन दिएपनि नियत बदलिएको अवस्था नरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com