सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा तत्काल कर्मचारीको खटनपटन गराईने बताएका छन् । उनले भने,‘हामी कर्मचारीहरुको मर्यादालाई पनि ख्याल गर्छौ, उनीहरुको केही गुनासाहरु छन्, त्यसलाईपनि सम्बोधन गरेर एकैसाथ देशभरि कर्मचारी सरुवा गर्छौं।’

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले तत्काल स्थानीय तहमा कर्मचारी खटाउनको लागि सरकारले गृहकार्य प्रारम्भ गरिसकेको बताएका हुन् ।

साक्षात्कारमा बोल्दै उनले भने,‘नवनिर्वाचित जनप्रतिनिधिहरुमाथि प्रश्न चिन्ह खडा भैसकेको छ, ६ वटा प्रदेशमा निर्वाचन भैसकेर स्थानीय सरकार बनिसक्यो, तर हामीले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउन सकेका छैंनौं, हामी छिट्टै सबै ठाउँमा कर्मचारी खटाउँछौं, प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न गर्नको लागि पनि कर्मचारी खटाईने तयारी भैसकेको छ, अब जनताको सेवा गर्दा बरिष्ठ र कनिष्ठको कुरा गर्नुहुँदैन्, कर्मचारी जसरीपनि समयमै पुग्छन्।’

उनले भने,‘कर्मचारी समायोजन विद्येयकको टुङ्गो नलागेसम्म काजमा लिएर भएपनि जनतालाई सेवा प्रदान गर्नको लागि सरकार तत्पर छ, एक हप्ताभित्र स्थानीय तहमा कर्मचारी जान्छन्, यदि खटाईएको स्थानमा कर्मचारी गएनन् भने कारवाही हुन्छ, कर्मचारीको मर्यादालाई हामीले मिच्न खोजेका छैनौ, जनताको सेवासँग आफ्नो मर्यादालाई तुलना गर्न मिल्दैन।’

मन्त्री बस्नेतले भने,‘स्थानीय तहमा कर्मचारी खटाउँदा राज्यले सक्नेजति सुविधा उपलब्ध गराउन सरकार तयार छ, हामी सम्पूर्ण कर्मचारीको भावनाको सम्मान गर्छौं।’

कर्मचारी व्यबस्थापनको लागि सरकार तयार रहेको बताउँदै उनले राजनीतिक सम्झौताको आधारमा कर्मचारी समायोजन गर्ने बताए । उनले भने,‘अन्तरिम व्यबस्थाका आधारमा समायोजन गर्ने, सैदान्तिक व्यबस्थापन गर्ने लगायतका कोर्णबाट कर्मचारीलाई स्थानीय तहमा पठाउँदैछौँ।’

उनले फरक प्रसँगमा पहिलेको भन्दापनि स्थानीय तह लागु भएपछि सुविधा कटौती भएकोमा सरकार चिन्तित रहेको बताए । उनले भने,‘पहिलेभन्दा कम सुविधा जनताले उपभोग गर्न पाएका छन्, यस्तो स्थितिमा जनताले धैर्यता प्रदर्शन गरेका छन्, यदि जनताले त्यो धेर्यताका बाँध टुटाए भने, जनप्रतिनिधि र राजनीतिक दलहरुललाई तिम्रो सिँहदरबार तिमी नै लैजाउ भन्नेछन्, त्यसैले तत्काल कर्मचारी गाउँमा पठाएर जनताको सेवा दिनुपर्छ।’
गरि खाने कर्मचारी र ठगी खाने कर्मचारीलाई यथाशक्य छुट्याएर दोषीलाई कानून बमोजिम कारवाही गर्ने समेत उनको उद्धघोष थियो । उनले भने,‘समयमा कार्यालयमा हाजिर नहुने, पुरा समय काम नगर्ने, तलव खाने यस्ता किसिमका कर्मचारीलाई तत्काल कार्वाही गरिन्छ, परिवर्तन स्विकार नगर्ने केही त्यस्ता कर्मचारी पनि छन् तीनीहरु कारवाहीको भागिदार हुनेछन्।

कर्मचारी तन्त्र सुधार गर्नको लागि पहिले कर्मचारी प्रणालीको सुधार हुनुपर्ने बताएका छन् ।

उनले भने,‘हाम्रो देशमा कर्मचारी तन्त्र भत्केको छ भनिन्छ, यस्तो स्थितिमा कर्मचारी प्रणाली नै सुधार नभई अरु कुनै कुरा सम्भव हुँदैन, सामान्य प्रशासन मन्त्रालय सुन्दा समान्य लागेपनि यसका कार्य व्यापक छन्, त्यसैले कर्मचारी तन्त्र र प्रणाली सुधारका लागि हामी कटिबद्ध छौँ।’

संघियता कार्यन्वयनको लागि सामान्य प्रशासनमन्त्रीको अध्यक्षमा संघिय प्रशासनिक पुनःसंरचना समिति र मुखय सचिव र प्रधानमन्त्रीको नेतृत्वमा अलग अलग समिति गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah