बिमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बिमाको पहुँच विस्तार गरेको छ। बिमितलाई देशभरका ४ सय ६० वटा सेवा प्रदायक अस्पतालहरूबाट सेवा दिने भनिएको पनि छ

प्याकेजअनुसार अस्पतालले १ हजार १ सय ३३ प्रकारका औषधि उपलब्ध गर्नुपर्छ। अति कडा प्रकारका रोगहरू (क्यान्सर, मुटुरोग, हेडइन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप एक लाखको सेवा सुविधा लिन सकिने व्यवस्था छ। तर, अस्पतालले बिरामीलाई मापदण्डभित्र परेका औषधि नदिएको गुनासो छ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला भने स्वास्थ्य बिमा प्याकेजभन्दा बाहिर गएर अस्पतालले काम गर्नै नपाइने बताउँछन्। प्याकेजमा लेखेको सबै औषधि दिनैपर्ने, यदि नदिएमा बिमितले बोर्डमा उजुरी गरे सोहीअनुसारको अस्पताललाई परिपत्र गर्ने र मापदण्डमा ल्याउने काम गर्ने उनले बताए।

तर, प्याकेजअनुसार सुविधा पाए, नपाएकाबारे बिमित पनि सजग भएर सम्बन्धित बोर्डमा उजुरी गरेमात्र थाहा हुने र पहल गर्न सहज हुने उनको भनाइ छ।

‘प्याकेजभित्र रहेको औषधि, उपचारको सुविधा दिनै पर्छ। वर्षभरि १ लाखको सुविधा दिनुपर्छ। छैन भन्न पाइँदैन। मापदण्डविपरीत काम गर्नेविरुद्ध बिमा बोर्डमा निवेदन दिनुपर्यो। निवेदन नपरी कुन अस्तालले सेवा दिएको छैन भन्ने कुरा थाहै हुँदैन। ४ सय ६० वटा अस्पताल कुनमा के भएको नागरिकको निवेदन बिना थाहा हुँदैन। यसैले उजुरी गर्नुपर्यो। नत्र थाहा हुँदैन,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv