सभामुख देवराज घिमिरेले सांसद लक्ष्मी महतो कोइलीबारे नयाँ नियमावली पारित भएपछि कुनै जानकारी प्राप्त नभएको बताएका छन्।

आज प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेकपा एमालेका सांसद कोइलीबारे राखेको जिज्ञासाको जवाफ दिँदै सभामुख घिमिरेले यसबारे कुनै जानकारी प्राप्त नभएको बताए।

‘लक्ष्मी महतो कोइलीका सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ का सम्बन्धमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको व्यहोरा म जानकारी गराउन चाहन्छु,’ सभामुख घिमिरेले भने।

यसअघि कांग्रेस सांसद खतिवडाले कोइलीलाई थुनामा राख्न प्रहरीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेको बताएका थिए।

साथै उनले सभामुख घिमिरेलाई एमाले सांसद कोइलीलाई निलम्बित गर्नुपर्ने हो वा होइन भन्नेबारे सदनलाई जानकारी गराउन पनि आग्रह गरेका थिए।

सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो। तर सांसद कोइरी तारेख गुजारी फरार छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv