
एसीसी प्रिमियर कपको ओभर छोट्याइएको सेमिफाइनल खेलमा कुशल मल्ल अर्धशतक प्रहार गरेपछि आउट भएका छन् । कुशल ४४ बलमा ५७ रन बनाउँदा क्याचआउट भएका हुन् । कुशलले चार छक्का र चार चाैका प्रहार गरे ।
५० ओभरबाट खेल ४२ ओभरमा छोट्याउँदा नेपाललाई अब ठूला सट खेल्दै रन बढाउनुपर्ने दबाब छ ।
यसैले आक्रामक बाउन्ड्री प्रहार गर्ने कुशल आउट भएपछि नेपाललाई ठूलो धक्का लागेको हो । किनकी नेपालले वर्षाले खेल बिथोल्दा २३.२ ओभर खेलिसकेको थियो ।
वर्षाले दुईपटक बिथोलेको खेल ४२ ओभरमा झारेर शुरू गरिएपछि कप्तान रोहित पौडेल र कुशल दुवैले अर्धशतक प्रहार गरेका छन् ।
नेपालले २९ ओभरमा ४ विकेट क्षतिमा १९० रन कटाएको छ ।