चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा एलपी ग्यासको आयात ह्वात्तै घटेको छ । आगामी केही वर्षसम्म एलपी ग्यासको खपत निरन्तर बढ्ने आयल निगमको प्रक्षेपण विपरीत आयात घटेको हो ।

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ८१ लाख किलो आयात घटेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको तुलनामा एलपी ग्यासको आयात ह्वात्तै घटेको हो ।

गत वर्षको ९ महिना अर्थात साउनदेखि चैतसम्ममा ३९ करोड ५७ लाख किलो एलपी ग्यास आयात भएको थियो ।

जबकि, चालू वर्षको सोही अवधिमा ३८ करोड ७६ लाख किलो एलपी ग्यास आयात भएको छ । खास गरी, पछिल्लो समय विद्युतीय सामाग्रीको उपभोग बढ्दै जाँदा एलपी ग्यासको खपत ओरालो गतिमा देखिएको छ ।

बिजुलीको उपलब्धता बढ्दै जाँदा उपभोक्ताहरूले पानी तताउन, चिया पकाउन, गिजर चलाउनका साथै खाना पकाउन समेत इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग बढाउँदै लगेको छन् ।

यसको विपरीत एलपी ग्यासको मूल्य निरन्तर बढ्दै जाँदा समेत उपभोक्ताले सकेसम्म प्रयोग घटाउने योजना अघि सार्दा खपत घटेको निगमको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय