एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको

वर्षाले दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएपछि नेपालले पूरै ओभर खेल्दै  विकेट क्षतिमा २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो  चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाए उनले ९५ बलमा ९४ रन बनाए  

यस क्रममा उनले ३ छक्का र ६ चौका प्रहार गरे ।

नेपालका लागि कुशल मल्लले ४४ बलमा ५७ रन, कुशल भुर्तेलले ३९ बलमा ४३ रन र आशिफ शेखले २८ बलमा ३१ रन बनाए ।

२३.२ ओभर खेलेपछि वर्षाले खेल बिथोलेको थियो । पहिलोपटक बिथोलेपछि ४५ ओभरको खेल गराउने तयारी थियो । तर फेरि पानी परेपछि खेल ४२ ओभरमा झारिएको थियो ।

नेपालका लागि आरिफ शेखले १९, सोमपाल कामीले १३, करण केसीले ७, सन्दीप लामिछानेले ५ रन बनाए । भीम सार्कीले १ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले खाता नै नखोली पहिलो बलमै आउट हुन पुगे ।

यो सेमिफाइनलमा जित्ने टिमले ओमान र युएईको विजेतासँग फाइनलमा खेल्नेछ ।

फाइनल जित्ने टिमले एसिया कप क्रिकेट खेल्न पाउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah