एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

वर्षाले दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएपछि नेपालले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

 

चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाए । उनले ९५ बलमा ९४ रन बनाए ।

यस क्रममा उनले ३ छक्का र ६ चौका प्रहार गरे ।

नेपालका लागि कुशल मल्लले ४४ बलमा ५७ रन, कुशल भुर्तेलले ३९ बलमा ४३ रन र आशिफ शेखले २८ बलमा ३१ रन बनाए ।

२३.२ ओभर खेलेपछि वर्षाले खेल बिथोलेको थियो । पहिलोपटक बिथोलेपछि ४५ ओभरको खेल गराउने तयारी थियो । तर फेरि पानी परेपछि खेल ४२ ओभरमा झारिएको थियो ।

नेपालका लागि आरिफ शेखले १९, सोमपाल कामीले १३, करण केसीले ७, सन्दीप लामिछानेले ५ रन बनाए । भीम सार्कीले १ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले खाता नै नखोली पहिलो बलमै आउट हुन पुगे ।

यो सेमिफाइनलमा जित्ने टिमले ओमान र युएईको विजेतासँग फाइनलमा खेल्नेछ ।

फाइनल जित्ने टिमले एसिया कप क्रिकेट खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय