एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ । दोस्रो ओभरमा सोमपाल कामीले परविन्दर कुमारलाई आउट गरेका हुन् । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए ।

यसअघि करन केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आफ्नो शिकार बनाएका थिए । २ रन बनाउँदा कुवेतले दुई विकेट गुमाइसकेको छ ।

पहिलो ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । वर्षाले प्रभावित बनेको खेल ४२ ओभरमा छोट्याइएको थियो । डकवर्थ लेविसको आधारमा कुवेतले २ सय ८१ रनकै लक्ष्य पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय