काठमाडौँ- कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।
आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् ।
यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष आइसीयूमा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् । खबर हब बाट साभार