कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

सोमबार बसेको राप्रपा बैठकले पार्टी हित विपरीत र अनुशानसनहिन काम गरेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको प्रवक्ता सुशील कुमार श्रेष्ठले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसदीय दलको उपनेता नै रहेका दिपक बोहरा सहित १७ जना कारबाहीमा परेका छन् । सांसदहरुमा सुनील थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, र वविना लावती मोक्तान कारबाहीमा परेका हुन् ।

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा गएकै कारण उनीहरुलाई निष्काशन गरिएको हो । आइतबार मात्रै राणाले ६४ जनाको नामावली लिएर निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएका छन् । बैठकले बृहत्तर हित र पार्टी एकतामा लाग्न नेता तथा कार्यकर्तालाई आव्हान समेत गरेको छ । राप्रपाले मंगलबार दिउँसो केन्द्रीय समिति बैठक बोलाएको छ । कारबाहीमा परेकाहरुको सूची सांसद दिपक बोहरा सुनील थापा रेशम लामा विराज बिष्ट राज्य लक्ष्मी श्रेष्ठ वविना मोक्तान लावती

केन्द्रीय सदस्यहरु प्रवीण चाम्लिङ हरिबहादुर बस्नेत रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत नवराज सुवेदी विष्णु विक्रम थापा गिरिधारी परियार दिपक कुमार राई विन्दु पहाडी प्रदीप उदय किरण गिरी

हाम्रा कुराबाट साभार