विभिन्न माग राखेर आन्दोलन गरिरहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले सम्वाद थालेको छ । आन्दोलनरत पुन र सरकारका प्रतिनिधिबीच अहिले (आइतबार दिउँसो) रक्षा मन्त्रालयमा वार्ता भइरहेको छ ।
वार्तामा बसेका पुनका एक सदस्यका अनुसार सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागीले पुनसँग वार्ता गरिरहेका छन् । पुनसँगै उनका दुई जना प्रतिनिधि वार्तामा सहभागी रहेको उनले बताए ।
पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारनिमित्त सरकार गम्भीर नभएको भन्दै विभिन्न चार बुँदे मागसहित शुक्रबारबाट माइतीघर मण्डलामा धर्ना बसेका छन् ।