टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एसीसी प्रिमियर कपको फाइनल खेल भइरहेको छ ।

 

टस जितेर नेपालले चिरपरिचित प्रतिस्पर्धी यूएईविरुद्ध पहिले बलिङ सुरु गरेको छ । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकोले यो खेल दुवै टिमका लागि महत्वपूर्ण छ ।

खेल सुरु भएसँगै बिहानैदेखि टीयू मैदानमा क्रिकेटप्रति क्रेज देखिएको छ । मौसम अनिश्चित भएपनि नेपाली दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । पानीको परवाह नगरी उनीहरूले खेल हेरिरहेका छन् ।

यसअघि शनिबार कुवेतसँगको सेमिफाइनल खेलमा पनि दर्शकको उतिकै उपस्थिति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर