संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बहुमत केन्द्रीय सदस्यको बैठकले अध्यक्ष कुमार लिङ्देनलाई पार्टीबाट हटाएको छ ।

पार्टी हित विपरीत काम गरेको भन्दै बहुमत सदस्यको १० वैशाखमा बसेको बैठकले लिङ्देनलाई अध्यक्षबाट बर्खास्त गरेको केन्द्रीय सदस्य धनबहादुर पङधाकले जानकारी दिए । उक्त निर्णय १२ वैशाखमा निर्वाचन आयोग र कुमार लिङ्देनलाई जानकारी गराइएको उनले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बहुमत सदस्यले ज्ञानबहादुर गुरुङलाई केन्दीय अध्यक्षको जिम्मेवारी दिएको छ । यसअघि मञ्चको वरिष्ठ उपाध्यक्ष रहेका गुरुङले १२ वैशाखदेखि अध्यक्षको जिम्मेवारी पाएका छन् । अध्यक्ष लिङ्देनलाई बर्खास्त गर्नुअघि बैठकमा वरिष्ठ उपाध्यक्ष गुरुङले ४४ बुदे आरोप पेश गरेका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय कमिटी २८६ सदस्यीय छ । प्रदेशको नाम भूगोलका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्था पहिचानका आधारमा नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विवादका कारण आन्दोलन प्रभावित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय