नेपालले १ रन जोड्दा एक विकेट गुमाएको छ। जम्मा ११८ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल ८ बल खेलेर एक रन जोड्दै आउट भए।

उनलाई युएईका रोहन मुस्ताफाले आउट गरेका हुन्। एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब ईमिरेट्स (यूएई) नेपालविरुद्ध ११७ रनमा समेटिएको छ। मात्र १ विकेट बाँकी रहँदा मंगलबार पुन: ब्याटिङ सुरु गरेको यूएईले ३३.१ ओभरमा ११७ रन बनायो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार २७औं ओभरको बलिङ चलिरहँदा वर्षाका कारण खेल रोकिएको थियो। २७.३ ओभरमा यूएईले ९ विकेट गुमाउँदै १०६ रन बनाउँदा वर्षा भएपछि रोकिएको खेल मंगलबार पुन: सुरु भएको थियो।

तेस्रो नम्बरमा ब्याटिङ गर्न गुल्सन झा आएका छन्। पानी पर्ने सम्भावना रहेकाले चाँडै खेल सकाउन उनलाई अगाडि ब्याटिङमा पठाइएको हो। नियमित खेलमा भीम सार्की उक्त स्थानमा ब्याटिङ गर्छन्।