माओवादी केन्द्र निकटक‍ो अखिल(क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय सम्मेलन भाद्र ७ देखि १२ गते सम्म काठमाडौंमा हुन गइरहेको छ। क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा पहिलोपटक प्रत्यक्ष निर्वाचनवाट नेतृत्व चयन हुन लागेको हो।सो सम्मेलनमा अखिल(क्रान्तिकारी)का उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले अध्यक्ष पदमा उम्मेदवारी दिने सोच वनाएका छन्।
बस्नेत बिद्यार्थी राजनीतिमा नौलो नाम होइन । अध्ययनशिल र कुशल संगठकको भूमिका निर्वाह गर्न सक्ने झापाली युवा बस्नेतको नाम यतिखेर अखिल क्रान्तिकारीको अध्यक्षमा चर्चामा रहेको छ । अध्ययनशिल नेताको रुपमा परिचय बनाएका बस्नेत युवाहरुमाझ लोकप्रीय नेता मानिन्छन् । उनी आजसम्म कुनै बिबादमा तानिएका छैनन् भने उनले कसैलाइ औलो ठड्याउने मौका पनि दिएका छैनन् ।
इमान्दार,जुझारु र बौद्धिक विद्यार्थी नेताका रुपमा चिनिने बस्नेतले पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक समेत गरेका छन्। बस्नेत शहर केन्द्रित खुल्ला आन्दोलन र संयुक्त विद्यार्थी आन्दोलनको संयोजन गर्न अब्वल मानिन्छन् ।
विद्यार्थी आन्दोलनममा हमेसा अग्रभागमा देखिने बस्नेतले क्रान्तिकारीको केन्द्रीय सदस्य,सचिवालय सदस्य, तत्कालीन नेवा: राज्य संयोजक र केन्द्रीय सचिव,प्रवक्ता हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। जनयुद्धमा आफ्ना सहोदर दाइ पुष्पराज बस्नेत र भाइ धीरेन्द्र बस्नेतलाई समेत गुमाएका बस्नेत निष्कलङ्क र प्रखर विद्यार्थी नेता हुन्। प्रस्तुत छ: अखिल(क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनको प्रचारप्रसार समितिका प्रमुख समेत रहेका बस्नेतसंग सम्मेलनको वरिपरि रहेर गरिएको  कुराकानीको सारसंक्षेप:
बस्नेतजी राष्ट्रिय सम्मेलनको तयारी कहाँ पुग्यो ?
हाम्रो संगठन अखिल(क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय सम्मेलन यहि भाद्र ७ देखि ११ गतेसम्म काठमाडौंमा हुंदैछ। मिति तय भएको छोटो समयको अन्तरालमा हुन लागेकाले तयारी तिब्र गतिमा भइरहेको छ।प्रचारप्रसारको काम घनिभुत रुपमा अघि वढेको छ। प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको छ।ब्यवस्थापनमा पनि साथीहरू खटिरहनुभएको छ । आउंदो श्रावण २८ गते देशैभरका सवै जिल्लामा एकदिन सवै प्रनिनिधि छानिनेछन्।
त्यसका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको छ।सम्मेलनमा आयोजक र प्रतिनिधि गरेर कुल २०७६ ले भाग लिनेछन्।\
क्रान्तिकारीको सम्मेलन विगतमा दुई तीन महिना अघि नै घोषणा गरेर पनि स्थगित भएको इतिहास छ,यसपालि पनि अन्तिम पुगेर स्थगित त हुंदैन ?
विगतमा स्ववियु निर्वाचन र स्थानीय तहको निर्वाचनको कारण हाम्रो सम्मेलन स्थगित भएकै हो ।तर अहिले त्यो अवस्था छैन। जहांसम्म मिति घोषणा गरेको एक महिना भित्र तयारी अपुग हुने कोणवाट तंपाईले भन्नुभएको हो भने अब सम्मेलन कुनै हालतमा रोकिन्न। खासगरी हामीले सम्मेलन पहिल्यै गरिसक्नुपर्ने थियोे । स्थानीय तहको निर्वाचन वैशाख ३१ मा सकिएपछि तत्काल सम्मेलन गर्ने निधो गरेका थियौं ।
तर निर्वाचन तीन चरणमा हुने भएपछि त्यसले हामीलाई प्रभावित गर्यो। फेरि तेस्रो चरणको चुनाव अघि नै जसरी पनि सम्मेलन गर्ने पर्ने भयो ।त्यसो नगर्ने हो भने दशै,तिहार,प्रदेश र केन्द्रको निर्वाचनले निकै पर धकेलिने भएपछि दुई नं. प्रदेशको निर्वाचन अगावै फास्ट ट्रयाकवाट सम्मेलन गर्ने वाध्यतामा हामी पुगेका हौं।यो अब कुनै हालतमा रोकिन्न।
तंपाईहरुले १९ औं राष्ट्रिय सम्मेलनमा पनि चुनावमा जाने भन्नू भयो,तर अन्तिममा चुनाव हुन सकेन।यसपालि पनि त्यहि हुने होला ?
यसपटक त्यो स्थिति छैन। त्यतिबेला चुनावको जाने कुरामा पार्टी र विद्यार्थी संगठनमा एकमत थिएन।तर अहिले सवै पाटा पक्षको पुर्ण सहमति छ। पार्टीका सवै नेताहरु पनि अब चुनावको विकल्प छैन भन्ने ठाउँमा पुग्नुभएको छ।सवै विद्यार्थी नेताहरु पनि चुनाव निर्विकल्प भन्नेमा पुगेको अवस्था छ।चुनावको लागि संगठनका पुर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा निर्वाचन समिति पनि वनिसकेको छ। त्यसैले अब चुनाव हुनेमा कुनै द्विविधा छैन।
पछिल्लो चरणमा विद्यार्थी आन्दोलनलाई माऊ पार्टीको पुच्छर भन्ने आरोप वढि लागिरहेको छ नि ?
वाहिरवाट विद्यार्थी आन्दोलनलाई यदाकदा त्यो आरोप लाग्ने गरेको छ।कहिलेकाहीँ त्यस्तो देखिने पनि गर्छ।तर नेपालको विद्यार्थी आन्दोलनको मुल चरित्र त्यो हैन।नेपालीको विद्यार्थी आन्दोलनले आफू अघि अघि लागेर दलहरुलाई पछि पछि लगाएको पनि प्रसस्तै उदाहरण छ।विद्यार्थी नेता र विद्यार्थी आन्दोलन अकर्मण्यतामा फसेको वेला त्यस्तो देखिन्छ ।विद्यार्थी आन्दोलनलाई परिवर्तित सन्दर्भमा सृजनशील र रचनाम्मक वनाउनु जरुरी छ। पंचायत कालमा दल प्रतिवन्धित हुंदा दलको भाषा विद्यार्थी संगठनहरुले वोल्दथे।जनयुद्ध कालमा पनि पार्टीलाई प्रतिवन्धित गरिएको वेला विद्यार्थी संगठनले महत्त्वपूर्ण भुमिका खेलेकै हो।तर आजको सन्दर्भमा विद्यार्थी आन्दोलनले कम राजनीतिक र वढि शैक्षिक आन्दोलनमा केन्द्रित हुन जरुरी छ।
यो सम्मेलनमा तंपाईहरुले उठाउने मुल मुद्दा के के हुन् ?
‘राष्ट्रिय एकता र समाजवादी शिक्षाका लागि हाम्रो अभियान,सुदृढ संगठनका लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने मुल नाराका साथ हामी सम्मेलनमा होमिएका छौं । नेपालका सवै आन्तरिक राष्ट्रियताहरुलाई एकीकृत गरेर राष्ट्रिय एकतालाई बलियो वनाउंदै संविधान कार्यान्वयन र राष्ट्रिय एकता को अभियानमा हामी जुट्नेछौं। त्यसैगरी समाजवादी शिक्षाका आधारहरु निर्माण गर्दै आत्मनिर्भर,ब्यवसायिक,रोजगारमुलक र देशभक्तिपुर्ण शिक्षा प्रणालीको पक्षमा हामी जुट्नेछौं। हामीले लडेर संविधानमा शिक्षा,स्वास्थ्य र रोजगारलाई नागरिकको मौलिक हक वनाएका छौं ।अब यसलाई ब्यवहारमा कार्यान्वयन गराउन हाम्रो संघर्ष केन्द्रित हुनेछ। यी लगायतका विषयमा हामी एउटा विहङ्गम वहस संचालन गर्छौं।
तंपाई पनि अध्यक्षमा उठ्ने भन्ने चर्चा छ नि ?
निश्चित रुपमा सम्मेलन भन्ने वित्तिकै विद्यार्थी आन्दोलनको भावी कार्यदिशा तय गर्ने र त्यसलाई कार्यान्वयन गर्न नयाँ नेतृत्व चयन गर्ने कुरा हो। मैले लामो समय विद्यार्थी आन्दोलनमा योगदान गरेका हिसाबले थुप्रै साथीहरूले अध्यक्ष उठ्न आग्रह गरिरहनुभएको छ।
तंपाईलाई क्रान्तिकारीको नेता किन वनाउने ?
सम्झौताहिन विद्यार्थी आन्दोलनको आंधिवेरी सृष्टि गर्नु आजको अपरिहार्य आवश्यकता हो।संगठन सुदृढीकरण मात्र हैन शुद्धीकरण पनि जरुरी भैसकेको छ। पछिल्लो चरणमा विद्यार्थी आन्दोलन र विद्यार्थी नेताहरु नकारात्मक विम्व वन्न थालेका छन्। विद्यार्थी आन्दोलनको नयाँ धार,नयाँ परिभाषा र नयाँ मान्यता सृजना गर्नु आजको आवश्यकता हो। विद्यार्थी आन्दोलनले निरन्तरता हैन , क्रमभङ्ग खोजेको छ। विद्यार्थी आन्दोलनको कमजोर वन्दै गएको प्रतिपक्षीय विद्यार्थी आन्दोलनले निरन्तरता हैन , क्रमभङ्ग खोजेको छ। धारलाई उज्जिल्याउन मैले अग्रसरता लिन जरुरी ठानेको छु।
तंपाईको जित्ने आधार के हो त ?
मैले विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने प्राय सवै आधार,चरण र प्रकृया पूरा गरिसकेको छु। विगतमा आर.आर.क्याम्पसमा स्ववियु सदस्य,सहसचिव,उपसभापति जितेर स्ववियु राजनीतिमा लामै काम गरेको अनुभव छ। उपत्यकामा हुने सवै खाले खुल्ला संघर्षको मुख्य अभियन्ताको रुपमा हमेसा अग्र भागमा रहने गरेको छु। मैले संगठनको इकाई देखि लिएर काठमाडौं जिल्ला इन्चार्ज,नेवा: राज्य संयोजक,सचिव , प्रवक्ता हुँदै उपाध्यक्ष सम्मको जिम्मेवारी अब्बल ढंगले निर्वाह गरिसकेको छु। संयुक्त विद्यार्थी आन्दोलनमा पनि मेरो संयोजनकारी भुमिका रहेको छ। विद्यार्थीले सशक्त आन्दोलन वोल्ने र संगठन जुरुक्क वोक्ने नेतृत्व खोजेका छन्।यी सवै आधारमा साथीहरूले मलाई जिताउने अपेक्षा गरेको छु ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर