नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा बलर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाललाई एसिया कपमा पुर्‍याउन सन्दीपको भूमिका अहम् रहेकोमा उनलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो। उनले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिएका थिए।

ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाए। यस्तै, यूएईका विकेटपिकर वृत्य अरविन्द प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए।

उनले प्रतियोगितामा ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाए। यस्तै, ओमानका तीव्र गतिका बलर बिलाल खान उत्कृष्ट बलर घोषित भए। उनले ६ खेलमा १७ विकेट लिए। नेपालले आज फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै आगामी सेप्टेम्बरमा हुने एसिया कपको यात्रा गरेको छ।

पाकिस्तानमा हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान रहेका छन्। यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah