बुधवार सुनको भाउ पुनः उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १८ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो ।

यसअघि गत चैत २२ गते प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड राखेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय