काठमाण्डाै – काठमाण्डाैको मातातीर्थमा चट्याङ लागेर एक जनाको ज्यान गएकाे छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा हिजाे चट्याङ लागेर मकवानपुर भीमफेदी घर भइ काठमाण्डाै बस्दै आएका ३५ वर्षीय राजु तामाङको ज्यान गएकाे हो ।

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेला कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

मृतक तामाङ लामो समयदेखि मिस्त्री काम गर्दै आउनु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय