कहिलेकाहीं पौष्टिक खानेकुरा खाँदाखाँदै पनि पोषण नपुगेको जस्तो महसुस हुन सक्छ । लगातार नै पोषण नपुगेको जस्तो, शरीरमा ऊर्जा नभएको वा शरीर भारी भएको जस्तो भएमा एकपटक सोच्नैपर्ने हुन्छ ।

केही व्यक्तिले भनेको सुनिन्छ- ‘स्वास्थ्यलाई फाइदा पुग्ने खानेकुरा खाएकै छु, तर पनि शरीर स्फूर्त छैन कसरी ?’

पौष्टिक तत्व खाएर मात्र हुँदैन, त्यसको प्रक्रियामा पनि ध्यान पुर्याकउनुपर्छ । खाना खानेबित्तिकै धेरै खालका गल्ती हुन सक्छन्, जसले फाइदा पुर्यापउनुको साटो हानि गरिरहेको हुन्छ । सामान्यतया हामी खाना खाएपछि यी सात गल्ती गरिरहेका हुन्छौं ।

१. पानी पिउने बानी
खाना खानेबित्तिकै पानी पिउने बानी अधिकांश नेपालीको हुन्छ । टन्न खाना खाने अनि टन्न पानी खाने । खाना खानेबित्तिकै पानी खाँदा पाचनप्रक्रिया सुस्त हुन्छ, जसले खाना सजिलै पच्न सक्दैन । पेट डम्म हुने छिटो भोक नलाग्ने हुन्छ । त्यसबाहेक पेटमा छिटो बोसो लाग्ने र बढ्ने हुन्छ । त्यसैले यो गल्ती खाना खानेबित्तिकै गर्नुहुँदैन । खाना खाएको आधा घण्टापछि पानी पिउँदा हुन्छ ।

२. फलफूल खाइहाल्ने बानी
ताजा फलफूल शरीरका लागि अत्यन्त फाइदाजनक हो । तर खाना खानेबित्तिकै फलफूल खानु भने हानिकारक सावित हुन सक्छ । खानासँगै फलफूल मिसिंदा पाचनसम्बन्धी समस्या आउने, अम्लीय गराउने र खानामा पाउने पोषण तत्व पूर्ण रुपमा प्राप्त हुँदैन ।

३. धुम्रपान गर्ने बानी
यो बानी शरीरका लागि सबैभन्दा हानिकारक हो । अझ खाना खानेबित्तिकै धुम्रपान गर्ने बानी छ भने त सोच्नैपर्छ । खाना खानेबित्तिकै चुरोट खानु भनेको १० गुणा बढी स्वास्थ्यलाई हानि पुर्यातउनु हो । चुरोटमा कार्सिनोजेन्स हुन्छ, जसले इरिटेबल बोउल सिन्ड्रोम र अल्सरको समस्या निम्त्याउन सक्छ । त्यसैले खाना खानेबित्तिकै चुरोट खानुहुँदैन ।

४. नुहाउने बानी
खाना खानेबित्तिकै नुहाउनु र स्वीमिङ गर्नु हुँदैन । खाना खानेबित्तिकै शरीरको ऊर्जा जति पेटमा केन्द्रित हुन्छ र पचाउन सक्रिय हुन्छन् । यस्तोमा जब तपाईं खानापछि नुहाउनुहुन्छ वा स्वीमिङ खेल्दा शरीरमा चिसो पानी पर्छ । रगतको प्रवाह सतहतर्फ गई पेट कमजोर हुन्छ । चारैतर्फ रक्तसञ्चार बढी भई पाचनप्रक्रिया सुस्त हुन्छ ।

५. शारीरिक गतिविधि गर्ने बानी
खाना खाएपछि व्यायाम गर्ने, खेल्ने र उफ्रिने गर्दा पाचन प्रक्रियामा बाधा पुग्न सक्छ । यसले बान्ता हुने, चक्कर लाग्ने, पेट फुल्ने, आफैंलाई थाकेको महसुस हुन सक्ने र मुटुकै समस्या समेत देखिन सक्छ ।
खानापछि एक मात्र व्यायाम गर्न सकिन्छ, वज्रासन । यसले पाचन प्रक्रियामा मद्दत गर्छ ।

६. खाना खानेबित्तिकै सुत्ने बानी
खाना खानेबित्तिकै सुत्ने कतिपयको बानी हुन्छ । यसो गर्दा पेटको रोग र मोटोपनको समस्या हुन सक्छ । खाना खानेबित्तिकै सुत्नाले खाना राम्रोसँग पच्न पाउँदैन ।
साथै शरीरमा टक्सिन बन्ने, कोलेस्टेरोल बढ्ने र रगत प्रदूषित हुन सक्ने पनि हुन्छ ।
यी बाहेक अहिले खाना खानेबित्तिकै ढल्किएर मोबाइल चलाउने धेरैको बानी हुन्छ । यसो गर्दा बसाइको सन्तुलन नमिलेर पाचन प्रक्रिया राम्रो हुँदैन ।

७. चिया, कफी, कोल्ड डिंक खाने बानी
कसैको बानी खाना खाइसकेपछि चाहे बेलुकाको होस् या बिहान चिया वा कफी पिउने बानी हुन्छ । यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले खाना पचाउने प्रक्रियालाई अवरोध बनाउँछ । त्यसमा हुने क्याफिनले अल्सरको समस्या गराउन सक्छ ।
प्रायः खानामा तातो कुरा हुन्छ । यस्तोमा तुरुन्तै चिसो खानेकुरा खाँदा शरीरको तापक्रममा असर पार्छ ।

त्यसो भए खाना खाएपछि के गर्ने त ?
खाना खाने बित्तिकै बज्रासनमा पाँच मिनेट बस्नुपर्छ । जसले खाना पचाउन र मस्तिष्कमा सन्तुलित रक्तप्रवाहमा समेत राम्रो पार्छ । बेलुकीको खाना खाइसकेपछि घरमै छतमा होस् वा आँगनमा एक–दुई पाइला हिड्नुपर्छ । यसले खाना राम्रोसँग पचाउन मद्दत गर्छ ।

खाना खाइसकेपछि रैथाने खानेकुरा जस्तो, अलैंची, सुकमेल, सुप, मिश्री खानु फाइदाजनक हुन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah