काठमाण्डाै – हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत, राई समुदायले मनाउने उभाैली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरी उभाैली पर्व मना‍उने गरिन्छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभाैली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले जानकारी दिनुभयो । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ भने किराँत समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय