भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ ।

जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रदेश सरकारले हिंसा नियन्त्रण गर्न नसकेपछि केन्द्र सरकारले विभिन्न सुरक्षा बल पठाएको छ । सरकारले मणिपुरमा पाँच दिनका लागि इन्टरनेट बन्द गरेको छ भने आज शुक्रवार र भोलि शनिवार मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् ।

अवस्था सुधार नभएमा रेल सेवा थप रद्द हुने चेतावनी दिइएको छ ।
भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र प्रशासनले देख्नासाथ गोली हान्न सेनालाई अधिकार दिएको बताउनुभएको छ ।

स्थिति नियन्त्रण गर्न सेना र र्यानपिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाइएको छ । सडकहरूमा सेनाले मार्चपास गरिरहेका छन् । भारतीय वायु सेनाका विमानले निगरानी गर्ने र हिंसामा फसेकाहरूको उद्धारको काम गरिरहेको छ ।

गएको अप्रिल १९ मा मणिपुर उच्च न्यायालयले राज्य सरकारलाई मैतेई समुदायलाई चार हप्ताभित्र अनुसूचित जनजाति (एसटी) कोटीमा समावेश गर्ने अनुरोधमाथि विचार गर्न आदेश दिएको थियो ।

त्यही आदेशको विरोधमा अल ट्राइबल स्टुडेन्ट्स युनियन मणिपुरले चुराचांदपुरको तोरबंग इलाकामा बुधवार ‘आदिवासी एकता मार्च’ र्याचली निकालेको थियो । हजारौं मानिस सहभागी र्यांलीकै क्रममा हिंसा भड्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय