प्रहरीले झापाबाट करिब ११ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । पूर्वबाट पश्चिमतिर आउँदै गरेको भारतीय नम्बर डब्लुबी–७३ ए ४२६६ नम्बरको ट्रकबाट भन्सार छलीको सामान बरामद गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६ कालीखोलाबाट ट्रकमा लोड गरेको स्मार्ट मोबाइल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र ३ हजार ७८० थान गम्छा बरामद गरेको छ । सो सामानको मूल्य १० लाख ९० हजार मुल्यांकन गरिएको छ ।

ट्रक चालक भारतीय नागरिक ३८ वर्षीय निरन्जन रायले भन्सार कार्यालयमा छिरेर एक दिनको भन्सार काटेर निस्किएका थिए । सामान सहित ट्रकलाई मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाएको एसपी रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय