राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकका सम्बन्धमा कानुनविद्हरूसँग छलफल गर्ने भएका छन् ।

उनले आज दिउँसो यसअघि नै दुवै सदनबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था अब के हुन्छ भनेर कानुनविद्हरूसँग परामर्श गर्ने भएका हुन् ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएपछि दाेस्राेपटक पनि दुवै सदनबाट जस्ताकाे त्यस्तै पास गरेर पठाइएकाे थियाे ।

तर त्यसपछि पनि भण्डारीले प्रमाणीकरण नगरेकाे उक्त विधेयकको हैसियत अब के हुने भन्नेमा कानुनविद्हरू पनि विभाजित छन् ।

यसमा शीतल निवासमै समेत फरक मत रहेकाे स्राेत बताउँछ । सरकारले पुरानै विधेयकलाई विधि पुर्‍याएर प्रमाणीकरण गर्न खाेजेकाे बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय