काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।

तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ ।

यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज साेमवार फेरि त्यही समस्या दोहोरिएको थियो । प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ ।

आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामै अवतरण भएको थियो । जहाज अवतरण भए पनि पाङ्ग्रा लक हुँदा आधा घण्टासम्म धावनमार्गमै रोकिएको थियो । श्री एअरलाइन्सको जहाजका कारण अरू जहाजका उडान र अवतरण पनि प्रभावित भएका थिए । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय