काठमाडौं महानगरपालिकाले ११ वैशाखमा सूचना निकाल्दै सरोकारवालालाई भनेको थियो, १५ दिनभित्र पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउनू, नभए तार महानगरले आफैं तार हटाउने छ । तर, समयसीमा नसकिंदै महानगरभित्र तार व्यवस्थापन सुरु भएको छ ।

महानगरले दिएको चेतावनीका आधारमा इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरु आफैं तार व्यवस्थापनका लागि अग्रसर भएका छन् । यसअनुसार अब महानगरले चेतावनी दिएजस्तो तार काटेर हैन, तार बन्डलिङ गरेर व्यवस्थापन हुनेछ ।

सडक र गल्लीको यात्रालाई आफैंमा नौलो अनुभवका रुपमा लिइन्छ । तर, सबैजसो भागमा लत्रेका र गुजुल्टिएका तारले यो शहरको मौलिक सौन्दर्य नियाल्नेहरुको आँखा नबिझाउने कुरै भएन ।
बिजुली र टेलिकमका पोलहरुमा बेरिएका यस्ता तारका गुजुल्टाले दमकलाई पनि यसरी घेरेको छ, मानौं दमक शहर नै तारको गाँठोभित्र छ ।

शहरमा यस्ता पोलमा बारम्बार लाग्ने आगोले पैदलयात्रीदेखि स्थानीयसम्म त्रसित बन्नुपर्ने अवस्था छ । यस्ता पोल र तार सहरभित्र पासोजस्तै बनेका छन् ।

दमकको लागि यस्तो भद्रगोल तार सादा पानामा मसीको धब्बा जस्तै बनेका छन् । शहरको सौन्दर्य र मौलिकपन समेत तारकै गुजुल्टोभित्र हराएका छन् ।

तारको जालो बढाएका इन्टरनेट, टेलिभिजन केबल प्रदायक र अन्य सेवा अपरेटरहरू तार टाँग्न पोल दिने निकाय नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग भाडा विवादमा अल्मलिएका छन् ।

तारसहितको इन्टरनेटको बढ्दो लोकप्रियताले पोलहरूमा तारको मात्रा बढदो छ । सेवा सुधार गर्ने प्रयासमा स्विच र रिपिटर बक्सहरू थप्ने काम भइरहेको छ । १ करोड ५ लाख ४६ हजार ग्राहक तारसहितका इन्टरनेट पहुँचमा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको गत पुससम्मको तथ्यांकले देखाउँछ ।

अहिले निजी स्तरका इन्टरनेट सेवा प्रदायकको ग्राहक मात्र करिब ९५ लाख छन् । कोरोना महामारीपछि भरपर्दो इन्टरनेटका लागि तारसहितको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर