धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् ।

तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन स्कुलप्रति उनीहरू आकर्षित हुँदैनन् ? भन्ने कुरामा धेरैको ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरु हुन्छ, त्यसैले उनीहरूलाई स्कुल पठाउनुअघि अभिभावकले केही तयारी गर्नुपर्छ । बच्चा किन स्कुल जान मान्दैन भन्ने कुरा जान्नुपर्छ ।

बच्चा स्कुल जान मान्दैन, बहाना बनाउँछ भने त्यसको पछि विभिन्न कारण हुन्छन् ।

घरमा आमाबुबासँग मात्र बसिरहेको बच्चा एक्कासि अर्को वातावरणमा जाँदा उसलाई त्यो वातावरणमा घुलमिल हुन समस्या हुन्छ, जसले गर्दा बच्चा स्कुल जान नमान्ने हुनसक्छ।

स्कुल पुग्नेबित्तिकै बच्चालाई लेख्न, पढ्न लगाइन्छ । तर बच्चाको सानो दिमागलाई पढाइलेखाइको कुरा बुझ्न गाह्रो हुन्छ त्यसैले पनि बच्चाहरू स्कुल जाने बेला रुन थाल्ने उनी बताउँछिन् ।

‘आजभोलि अभिभावकले बच्चालाई सानैदेखि ग्याजेट देखाएर खाना खुवाउने बानी लगाएको हुन्छ । स्कुलमा त त्यो हुँदैन अनुशासनमा बस्नुपर्ने हुन्छ जसले पनि बच्चाहरू स्कुल जान मान्दैनन् ।

शिक्षकले सबै बच्चालाई समान व्यवहार गर्दैनन् । बढी जान्ने विद्यार्थीलाई माया गर्ने र कमजोर विद्यार्थीलाई हेला गर्ने प्रवृत्ति समेत देखिन्छ । ‘यसले कमजोर विद्यार्थी हतोत्साहित हुन पुग्छन् । उनीहरूले अपहेलित महसुस गर्छन् । स्कुल सम्झनासाथ उनीहरूको मन खिन्न हुन्छ र स्कुल जान नमानेको हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर