दमक ,२६ बैशाख । पहिचानवादीले आज साँझ दमकमा निकालेको राके जुलुसमा झडप हुदाँ आधा दर्जन घाईते भएका छन् । झडपमा परी प्रहरी र आन्दोलनकारीका गरि ६ जना घाईते भएका छन् ।
घाईते सवैको दमकस्थित लाइफलाइन अस्पतालसहित स्थानीय अस्पतालमा उपचार भईरहेको छ । घाईतेको पहिचान खुल्न सकेको छैन् ।
दमकको पश्चिम बसस्टेण्डबाट ठुलो संख्यामा निकालिएको रोक जुलुस नारावाजी गदैं स्थानीय गणतन्त्र चौंकमा सहभागि हुदाँ दोहोरो झडप भएको थियो । प्रर्दशनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच झडपको स्थिति हुन पुगेको थियो । प्रहरीले आगो नियन्त्रणमा लिने क्रममा आन्दोलनकारीवीच झडप हुन पुगेको थियो ।
झडपका क्रममा आन्दोलनकारीले प्रहरीलाई लखेटेको थियो । साथैं,प्रर्दशनकारीहरुले करिव एक घण्टा बढी राजमार्गनै कव्जामा लिएको थियो । त्यहाँ ,आयोजित संक्षिप्त कोणसभामा वक्ताहरुले प्रदेश नामाकरण नसच्चिएसम्म आन्दोलन नरोकिने बताएका थिए ।
यसैवीच, प्रर्दशनकारीले कार्यक्रमस्थलमा सवारी गुडाएको भन्दै पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना. ८ ख. १४७६ नम्बरको ट्रक र एउटा सिटी सफारीलाई तोडफोड गरि क्षति पुरयाँएको थियो ।
कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय