मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरमा नेकपा एमाले प्यानलै विजयी भएको छ । सोमबार भएको निर्वाचनमा प्रमुखमा नेकपा एमालेका रघुनाथ खुलाल १४ मतसहित विजयी भए भने प्रतिष्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद दाहालले ६ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी भगवति पुडासैनी १४ मतसहित विजयी भईन् भने प्रतिष्पर्धी माओवादी केन्द्रका विजय व्लोनले ६ मत प्राप्त गरे । सदस्यहरुमा नेकपा एमालेका तर्फबाट देवराज रिमाल, गणेशकुमारी प्रधान, चित्रबहादुर बलामी, गीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानीकान्छी स्याङ्तान र सरिता विक निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट सदस्यमा सुवातसिं थिङ, सावित्रि घिमिरे, मैयाकुमारी गोले र राधिका सुनारले उम्मेदवारी दर्ता गराएका थिए भने माओवादी केन्द्रबाट उपाध्यक्षमा विजयकुमार व्लोन, सदस्यहरुमा रुपचन्द्र गोपाली, गोमा गोतामे र लिलाकुमारी विकले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah