
सरकारले नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर लाइसेन्स प्रक्रिया तत्काल रोक्न लिखित रूपमा नै निर्देशन दिएका थिए ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको थियो ।
धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्ज निजी क्षेत्रलाई दिने गरी कानुन बनाउन तयारी गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।