दमक/  राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगरसमितिले झापाको दमकमा भ्रष्टाचार विरुद्धको अभियान शुरु गर्दै सरकारलाई दवाव दिँदै खवरदारी गरेको छ । रास्वपामा आबद्ध युवाहरुको समुहले शनिवार दमकको आकासे पुल मुनी बाटोको दुवै किनारबाट प्ले कार्डसहित खवरदारी गरेको हो ।

‘भ्रष्टाचारीलाई कारवाही गर । भ्रष्टाचारीलाई किरा परोस् । भ्रष्टाचार एउटा क्यान्सर हो । भ्रष्टाचारीलाई वहिस्कार गरौं । भ्रष्टाचारीलाई दमकमा निषेध छ ।  भ्रष्टाचारीको पाराले, दुःख पायौं साराले । भ्रष्टाचारीलाई विश्वबाटै निर्मूल पारौं । नेपाली बेच्न पाईँदैन, भ्रष्ट नेता चाहिँदैन । भ्रष्टाचार रोग हो । भ्रष्ट आचरण चाहिँदैन । भ्रष्टाचारीलाई पक्राउ गर । पिडितलाई न्याय दे । भ्रष्टाचारको फायल खोल । Destroy corruption before it destroy us. POLLUTION BY CORRUPTION LEADS TO OUR DESTRUCTION.  ७२ घण्टाभित्र कारवाही गर ।’ जस्ता नाराहरु लेखिएका प्ले कार्डसहित भ्रष्टाचार विरोधी अभियन्ताहरुले प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर