कनेक्ट आईपीएसले आफ्ना प्रयोगकर्ताहरुका लागि ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गरेमा रिफर गर्नेले आफ्नो बैंक खतामा र पाउनेले मोबाइल टप–अप अन्तर्गत २५/२५ रुपैयाँ पाउने छन् ।

अफरको फाइदा लिन रिफररले रिफरल कोड उपलब्ध गराउनु पर्नेहुन्छ । यो अफर १ जेठदेखि ३१ असारसम्म लागु हुने छ ।

रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी एक पटक आफ्नो मोबाइल नम्बर र इमेल आईडी भेरीफाई गरे पश्चात रिफररले आफ्नो बैंक खतामा र रिफरीले मोबाइल टप–अपमा २५/२५ रूपैयाँ प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम भएको कनेक्ट आईपीएसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय