लामो समयको अन्योलहरु चिर्दै सोमबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु भएको छ । तर, यसअघि भन्सार प्रक्रिया पुरा नगरी नेपाल भित्रिएका करिब ५० लाखको वैधानिकताबारे भने सरकार अनिर्णित छ ।

गत ३० भदौपछि एमडीएमएस प्रणाली आंशिक कार्यान्वयनमा आएपछि भन्सार नतिरी नेपाल भित्रिएका सबै फोनलाई सरकारले एमडीएमएसको खैरो सूची (ग्रे लिस्ट) मा राखेको छ । ती फोनहरु अब कसरी सेतो सूची (ह्वाइट लिस्ट)मा जान्छन् भन्ने अन्योल छ । ती फोनको दर्ता गर्नुपर्ने वा नपर्नेबारे पनि अनिश्चितता छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अब विदेशबाट आफन्त, साथीभाइ र अन्यले ल्याएको फोनको ‘आईएमईआई’ नम्बर दर्ता नगरी अब नेपालमा चलाउन पाइने छैन । तर, श्रम इजाजत लिएर गएकाले ६ महिनाभन्दा बढी सयम विदेश बसेकाले विमानस्थल भन्सारमा घोषणा गरेर प्रज्ञापनपत्र प्राप्त गरी ल्याएको दोस्रो फोनको भने आईएमईआई दर्ता गर्नुपर्ने छैन ।

अन्य अवस्थामा विदेशबाट ल्याएको फोन एमडीएमएसको अनलाइन प्रणालीबाट विदेश गएको प्रमाणसहित दर्ता नगरे सिम हालेको १५ दिनपछि नेपालमा निष्क्रिय हुनेछ ।

एमडीएमएस प्रणाली लागु भएसँगै आइतबार (३१ वैशाख) सम्म आएका फोन स्वतः प्रणालीमा ‘परिचत’ फोनका रुपमा त देखिएका छन् । तर, ३० भदौ २०७९ देखि ३१ वैशाख २०८० सम्म भन्सार नतिरी विदेशबाट ल्याइएका फोनहरु ‘ग्रे लिस्ट’ (खैरो सूची) मा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय