भारतबाट पेट्रोलियम पदार्थको मूल्य सस्तिएर आएको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँले घटेर आएको हो।

भारतीय आयल निगमले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ।

नयाँ मूल्य सूचीअनुसार यहाँ पेट्रोल र डिजेलको बिक्री मूल्य कसरी निर्धारण गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी नै रहेको ठाकुरले बताए।

हाल पेट्रोल प्रतिलिटर एक सय ७५ र डिजेल प्रतिटिर एक सय ६५ रूपैयाँमा बिक्री भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय