सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३.३१ अंकले उकालो लागेर एक हजार आठ सय २१.६२ विन्दुमा पुगेको हो।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ प्रतिशतले ओरालो लागेर तीन सय ४८.९३ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये ११ उपसमूहको सेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।

कुल २० लाख ६३ हजार कित्ता सेयर रु. ६४ करोड एक लाख १७ हजारबराबरमा खरिद–बिक्री भएका छन्। कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ। उक्त बैंकको रु. पाँच करोड एक लाख ४६ हजारबराबरको सेयर कारोबार भयो।

शिवम् सिमेन्टको रु. दुई करोड ८८ लाख ९२ हजार, नबिल बैंकको रु. दुई करोड १६ लाख ८५ हजार, नेपाल इन्स्योरेन्स कम्पनीको रु. एक करोड ६७ लाख र हिमालयन बैंकको रु. एक करोड ६४ लाख ३४ हजारबराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भएको छ। यस्तै माया खोला हाइड्रोपावर ५.७०, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, सनराइज फोकस इक्विटी फन्ड ४.५८ र राप्ती हाइड्रोका लगानीकर्ताले ४.५३ प्रतिशतले कमाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah