काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले आज (बुधबार) ३० औँ मदनआश्रित स्मृति दिवस मनाउन लागेकाे छ ।

पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा आज जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गरी मनाउन लागेको हो ।

मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभागजन प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर