दमक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रेल विभागको दमकस्थित रेल योजना कार्यालयमा तालाबन्दी गरिएको छ । रेल योजनाको कार्यालयमा वाइसीएल नेपाल दमक नगर समितिले तालाबन्दी गरेको हो ।

रेल योजना सञ्चालन गर्ने नाममा कर्मचारी पोस्ने र सेटिङमा कमाउधन्दा चलाएको भन्दै तालाबन्दी गरेको वाइसीएल नेपालका केन्द्रीय सदस्य निशान मगरले जानकारी दिए । मेची महाकाली रेल सञ्चालन गर्ने भन्दै लामो समयदेखि जग्गा रोक्का गरिनुका साथै मुआब्जासमेत नदिँदा पिडितहरु थप आक्रोशित बन्दै गएका छन ।

यसअघि दमकमा वाइसीएल नेपालले आयोजना गरेको भ्रष्टाचार विरोधी अभियानका क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी कर्माले तत्काल कार्यालय बन्द गर्न अल्टिमेटम दिएका थिए । अल्टिमेटमको दुई दिन नबित्दै मङ्गलबार रेल योजना कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय