कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले बर्खास्त भएका छन् ।

कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो ।

कोशी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको ? भन्दै वाग्लेलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जबाफबाट सरकारले चित्र बुझाउन सक्ने अवस्था नभएपछि उनलाई बर्खास्त गर्नु परेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय