राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

भोलि अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने सभामुख देवराज घिमिरेले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम भएकाले ३:४५ बजे नै तोकिएको ड्रेस कोडमा संसदमा आइपुग्न निर्देशन गरे ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने बताए